चन्दननाथ गण जाजरकोटद्धारा कृयापुत्री र शवदाह भवन भेरी नगरपालिकालाई हस्तान्तरण

No description available.
जाजरकोट । नेपाली सेना, श्री चन्दननाथ गणले जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नं ४ बसपार्क ईलाकामा कृयापुत्री भवन र भेरी नदी किनारामा शवदाह स्थल निर्माण कार्य सम्पन्न गरी भेरी नगरपालिकालाई हस्तान्तरण गरेको छ ।

नेपाली सेनाको पश्चिम कमाण्ड, सुर्खेतबाट सैनिक नागरिक सम्बन्ध थप सुदृढ बनाउने उदेश्य अनुरुप संचालिन त्तगष्अप क्ष्mउबअत एचयवभअतक ९त्तक्ष्ए० अन्तरगत प्राप्त श्रोत एवं जाजरकोट जिल्लामा तैनाथ श्री चन्दननाथ गणका सकलदर्जाहरुको श्रमदानबाट उक्त संरचनाहरुको निर्माण गरिएको ।

श्री चन्दननाथ गणका गणपति प्रमुख सेनानी श्याम शरण गोतामेले बताउनु भयो । नवनिर्मित कृयापुत्री भवन हस्तान्तरण कार्यक्रममा भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकाश घर्ती, उप(प्रमुख सिता जैसी गौतम, प्रमुख जिल्ला अधिकारी राम बहादुर शाही लगायत जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, पत्रकारहरु, जनप्रतिनिधिहरु लगायत स्थानिय बासिन्दाहरुको उपस्थिति रहेको थियो ।

No description available.

कार्यक्रममा चन्दननाथ गणका गणपति प्रमुख सेनानी श्याम शरण गोतामेले नवनिर्मित संरचनाहरु भेरी नगरपालिकाका नगरप्रमुख चन्द्र प्रकाश घर्तीलाई हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगरप्रमुख घर्तीले नेपाली सेनाको जनसरोकारका यस्ता विकास निर्माण सम्बन्धित कार्यक्रमहरु रहेको सहभागिताको प्रशंसा गर्दै धर्म, संस्कृति संरक्षण, विकास निर्माण लगायत नागरिक सैनिक सम्बन्ध विस्तार गर्न यस्ता कार्यक्रमहरुले सहयोग पुर्‍याउने बताउनुभयो ।

जाजरकोटमा तैनाथ श्री चन्दननाथ गणले जिल्लामा तैनाथ भए पश्चात विकास निर्माण एवं जनसरोकारका क्षेत्रहरुमा उल्लेख्य कार्यहरु गर्दै आईरहको छ । गरिव एवं विपन्न जनताहरुलाई कम्बल तथा राहत वितरण, विद्यार्थीहरुलाई शैक्षिक र खेल सामाग्री वितरण, रात्रीकालिन अवतरण सुविधा रहेको हेलिप्याड निर्माण, बाटो मर्मत, सरसफाई लगायत ३ पटक स्थानिय निकाय एवं सबै सुरक्षा निकायहरु सहभागी गराई विपद् प्रतिकार्य सम्बन्धि अभ्यासहरु संचालन गरिसकेको छ ।

तपाईको प्रतिक्रिया