बारेकोट साहित्य कला केन्द्रद्धारा हाम्रो पहुँच डटकमलाई सम्मान पत्र

May be an image of 5 people and people standing
बारेकोट । बारेकोट गाउँपालिकामा सञ्चालित बारेकोट साहित्य कला केन्द्रले हाम्रो पहुँच डटकमलाई सम्मान गरेको छ । साहित्यका क्षेत्रमा हाम्रो पहुँच डटकमले पुर्याएको योगदानको कदर गर्दै सम्मान पत्र प्रदान गरिएको बारेकोट साहित्य कला केन्द्रका अध्यक्ष कालीप्रसाद थापाले बताए ।

उनले भने, ‘हाम्रो यस संस्थाका विभिन्न गतिविधी प्रकाशन, साहित्यको उत्थान, उजागर, बारेकोट चिनारीमा महत्वपूर्ण भुमिका खेलेकोले उक्त अनलाईन पत्रिकालाई सम्मान पत्र प्रदान गरिएको छ ।’

बारेकोटमा सञ्चालित कला केन्द्रले गाउँपालिका भित्रका साहित्य, साहित्यकारहरुको पहिचान, पुरानालाई सम्मान, नयाँलाई प्रोत्साहन गर्ने काम गरिरहेको छ । पछिल्लो समय विद्यालयमाहरुमा विभिन्न कार्यक्रम समेत गरिरहेको छ । बारेकोट गाउँपालिका भित्रका विकृतिहरुलाई साहित्यको माध्यम बाट समाधानको प्रयास समेत गरिरहेको छ ।

May be an image of 4 people and people standing

अध्यक्ष कालीप्रसाद थापा रहेको कला केन्द्रले विभिन्न प्रतियोगिताहरुको आयोजना गरी व्यक्तिमा लुकेर रहेको प्रतिभा प्रस्फुटन गर्न समेत कलाकेन्द्रले महत्वपूर्ण भुमिका निर्वाह गरेको छ । विगत २ बर्ष देखि हिमालय पत्र मिडिया प्रा.लि.द्धारा सञ्चालित हाम्रो पहुँच डटकमले जाजरकोटका विभिन्न क्षेत्रका विकृति,विसंगति, भष्टाचार को भण्डाफोर र राम्रा कामको प्रचार गरिहेको छ ।

तपाईको प्रतिक्रिया