
जाजरकोट । नेकपा कम्यूनिष्ट पार्टी ( बहुमत) ले सदरमुकाममा खानेपानीको उचित व्यवस्था गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय जाजरकोटमा ध्यानाकर्षण पत्र बुझाएको छ । आज ( मंगलबार) पार्टीको भेरी नगर कमिटीले जिल्ला प्रशासन कार्यालय पुगेर ध्यानाकर्षण पत्र बुझाएको हो ।
२०७४/०७५ साल देखि सुरु गरेको वृहत खानेपानी आयोजना पोखरा मुहान देखि तिलङ्गे रिसाङ्ग हुदै जाजरकोट खलंगा सम्म पाइप लाईन विस्तार र ट्याङ्की निर्माण गरेको ४/५ बर्ष पुग्दा पनि खलंगा वासीले पानी पिउन नपाउनु, जिल्ला भित्रको महत्वपूर्ण हस्पिटलमा भर्ना भएका विरामीहरुले पानीको अभाव बाट थप रोगले आक्रमण गर्ने अवस्था देखिसकेपछि संगठन सोच्न बाध्य भएको भेरी नगर कमिटी ईन्चार्ज हिमालले बताए ।
खलंगा बासीको खानेपानी समस्या समाधानका लागि पहल गरीदिन माग गर्दै प्रशासनमा ज्ञापनपत्र बुझाईएको ईन्चार्ज सिंहले जानकारी दिए । खलंगा बजारमा विगत केही दिन देखि खानेपानी अभावले घण्टौं हिडेर खानेपानी ल्याउन स्थानीय बाध्य छन् ।
यस्तो छ ध्यानाकर्षण पत्र

















































। ७ असार २०७९, मंगलवार