आठविसकोटमा जीप दुर्घटना हुदाँ दुई जनाको मृत्यु


नलगाड । रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा जीप दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । राडी बजार बाट मुसिकोट जाँदै गरेको ना १ ज १८९७ नम्बरको जीप दुर्घटना हुदाँ दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

बोजावारी नजिकै रहेको गतसैना भन्ने ठाउँमा जीप दुर्घटनामा परेको नलगाड स्थित हाम्रो पहुँचकर्मी यात्रा शाहीेले जानकारी दिए । जीपमा सवार चालक र सहचालकको मृत्यु भएको बुझिएको छ । उनीहरुको परिचय भने खुल्न सकेको छैन् ।

तपाईको प्रतिक्रिया