जनप्रतिनिधीहरुलाई मोटरसाईकल भन्दा नगर बस सञ्चालन गर्नु उचित छ: वडाध्यक्ष शर्मा

No description available.
यति वेला स्थानीय तह बजेट निर्माणमा जुटिरहेका छन् । आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रमहरु ल्याउने तयारीमा जाजरकोटका स्थानीय तह जुटेका हुन् । संविधानत असार १० गते नयाँ बजेट ल्याउनुपर्ने भएकोले यहाँका स्थानीय तहहरु नीति कार्यक्रम तथा बजेट निर्माणको गृहकार्य गरिरहेका छन् । प्रत्येक टोल, वडा हुदै गाउँ नगर स्तरीय जनताका समस्याहरु समाधान गर्ने खाले बजेट ल्याउने तयारीमा जनप्रतिनिधीहरु जुटिरहेका छन् ।

कतिपय स्थानीय तहमा भने बमोजिमको बजेट सिलिंग नबन्दा र जनता लक्षित कार्यक्रम भएनन् भन्दै जनप्रतिनिधीहरुमा असन्तुष्टि बढिरहेको छ । जिल्लाको भेरी नगरपालिकामा शुक्रबार बसेको दोस्रो कार्यपालिका वैठकमा वडा नं ४ का वडाध्यक्ष बसन्तप्रसाद शर्माले विकास बजेट बाट नगर प्रहरी स्थापना गर्ने बजेट कटौती गर्नुपर्ने, मोटरसाईकल तथा कार्यालय फर्निचर व्यवस्थापन तर्फको खर्च कटौती गर्नुपर्ने र चर्काे ढंगले लिईएका करका दरहरु घटाउनुपर्ने लगायतका माग राखे । तर कार्यपालिका वैठकमा सहमति जुट्न नसकेपछि वडाध्यक्ष शर्मा वैठक बाट बाहिरिए ।

शनिवार शर्माले नगरवासीहरुलाई जानकारी गराउने उद्धेश्यका साथ पत्रकार सम्मेलनको आयोजना गरे । नगरपालिकाले आगामी नीति तथा कार्यक्रममा नगर प्रहरी भर्ना तथा व्यवस्थापनमा ५५ लाख रकम छुट्याउने निर्णय गरेको छ । यस्तै, जिन्सी ( मोटरसाईकल तथा कार्यालय फर्निचर व्यवस्थापन) तर्फ ६५ लाख ३७ हजार छुट्याउने निर्णय गरेको देखिन्छ । आन्तरिक स्रोतको व्यवस्थापन नगरी नगर प्रहरी भर्ना तथा व्यवस्थापन हुन सक्दैन, मोटरसाईकल खरिद भन्दा नगरवस सञ्चालन गर्नु नगरबासीको हितमा हुनेछ भन्दै शर्मा विरोध गरिरहेका छन् । वैठक बाट बाहिरिनु कारण, पत्रकार सम्मेलन किन र बजेट निर्माणमा असहमति किन भन्ने प्रश्न वडाध्यक्ष शर्मालाई हामीले सोधेका छौं । प्रस्तुत छ शर्मा सँगको कुराकानीको अंश ।

वैठक बाट तपाईं किन बाहिरिनुभयो ?
म कार्यपालिका सदस्य सदस्य हुनुका नाताले हिजोको बैठकमा बाहिरनुको कारण भनेको पहिलो बैठक बाट नै मैले प्रस्ताब गरेका
१) सडक बत्ती
२) नगरपालिका भित्र कम्तीमा वृद्धभत्ता, बाल पोषण, अपांग भत्ता बैंक संगको सहकार्यमा घरदैलोमा नै पुगेर वितरण गर्ने व्यवस्थाको सुरुवात गरौं ।
३) नगरपालिका भित्रको खानेपानीको गुणस्तर मापन गरि खानेपानी गुरुयोजना लागू गर्ने ।
४) अधुरा अपुरा आयोजनाहरुमा आवश्यक बजेटको व्यवस्था गर्ने ।
५) वडामा बजेट सलिङ पठाउँदा निम्न कुराहरु लाई आधार बनाई गर्नुपर्ने
क) जनसंख्या
ख) भुगोल
ग वडा बाट संकलन हुने राजश्व
६) नगर बस सञ्चालन सम्बन्धमा
७) कम्तिमा एक आर्थिक बर्षमा १ उद्योगको स्थानको अवधारणा बनाई लागु गर्ने र आवश्यक बजेटको व्यवस्था गर्ने
थिए र छन् यी बिषयलाई बजेट सिमा निर्धारण समिति बाट आउँदा यी बिषयहरु नसमेटिएको पाईयो त्यसपछि मैले निम्न कुराहरुमा बजेट कटौतीको प्रस्ताव गरे ।
१) विकास बजेट बाट नगर प्रहरी स्थापना गर्ने ५५ लाखको बजेट कटौती प्रस्ताब,
२) मोटरसाईकल तथा कार्यालय फर्निचर व्यवस्थापन तर्फको खर्च कटौती प्रस्ताब गरे
३ ) नगरपालिका बाट चर्काे ढंगले लिईएका करका दरहरु घटाउन प्रस्ताब गरे यी बिषयमा छलफल भएपनि जबरजस्त यी बिषयमा कुनै निर्णय नगरी बजेट सिमा निर्धारण समितिको प्रतिबेदन र राजश्व परामर्श समितिको प्रतिबेदन अनुमोदन सहित अन्य निर्णय गरियो भनेपछि म कार्यपालिका बैठक बाट बाहिरिको हुँ ।

२) तपाईको पत्रकार सम्मेलन किन र के का लागि ?

पत्रकार सम्मेलन गर्नुको मुख्य कारण भनेको भेरीनगर पालिकाका जनताको जीवनस्तर संग जोडिएका सामान्य भन्दा सामान्य समस्या समाधानका लागि नगरको बजेट सभाले बजेट मार्फत सम्बोधन गर्नुपर्ने मा यसो नभएकाले यी बिषयहरु आम जनता र भेरीनगरवासी शुभचिन्तकलाई पत्रकार संम्मेलन मार्फत कार्यपालिकाको बैठक बाट बाहिरीनुका कारणहरु जानकारी गराउन यो पत्रकार सम्मेलन आयोजना गरेको हुँ ।

३) बजेट निर्माणमा तपाईंको असहमति किन ?
बजेट निर्माण भनेको हाम्रो प्राप्त श्रोत र साधनलाई चुस्त ,दुरुस्त र पारदर्शी ढंगले योजना बनाई बजेट निर्माण गर्ने हो । यी बिषयले भेरीनगर बासी जनताको सामान्य भन्दा सामान्य जीवन स्तरमा प्रभाब पारेको महशुस गर्ने हो । यदि नगरबासीले त्यो प्रत्याभुति गर्न नपाउने बजेटमा मेरो असहमति हुनु स्वभाविक छ ।

तपाईको प्रतिक्रिया