सदरमुकाम खलंगा मै खानेपानीको हाहाकार


भुपेन्द्र नेपाली
जाजरकोट । बारेकोट गाउँपालिका २ रोकायगाउँकी सुनिता नेपाली विगत २ बर्षदेखि सदरमुकाम खलंगामा बस्दै आएकी छन् । खानेपानी समस्या टार्न लामो समय लाईन बस्नुपर्ने र २४ घण्टे धारामा धाउनुपर्ने समस्या खेपिरहेकी छन् । शनिवारको अवसर पारी छोराछारीका लत्ता कपडा धुन कोटखोला पुग्नुपर्ने बाध्यता छ ।

झण्डै १ घण्टाको पैदल यात्रा गरेर खोलामा पुग्नुपर्ने बाध्यता सुनिताको मात्र होइन् सदरमुकाम बासी सबैको बाध्यता हो । सुनिताले भनिन्, ‘यहाँ नुहाउन, कपडा धुने पानीको मात्र अभाव होइन् खानेपानीका लागि समेत लाईनमा कुर्नुपर्छ, एक हप्ता भन्दा बढी भईसक्यो हाम्रो नजिकैको धारामा पानी आउँदैन् ।’ यहाँको पानीको अभाव कहिले समाधान होला भन्दै उनले गुनासो गरिन् ।

यस्तै, कुशे गाउँपालिका १ अर्छानीकी विमला कार्की विगत ३ बर्षदेखि सदरमुकाम समेत रहेको भेरी नगरपालिका ३ थाप्लेमा बस्दै आएकी छन् । उनीले विगत तीन बर्ष देखि नै खानेपानीको समस्या खेपिरहेकी छन् । नजिकै धारामा पानी नआएपछि कपडा धुन, नुहाउनका लागि करिब २ घण्टा पैतल हिडेर होलुखोला जान बाध्य भएकी छन् । उनले भनिन् ‘सदमुकाममा नै खानेपानीको यस्तो अभाव हन्छ, अन्य स्थानमा के होला ? यसरी जाजरकोट वासीले कहिले सम्म खानेपानीको अभाव खेपिरहने ? भन्दै सरोकावाला निकायई प्रश्न गरिन्् ।’

सदरमुकाम खलंगामा केही समय खानेपानीको हाहाकार भएको छ । पानीका मुहान सुुक्न थालेपछि सदरमुकाममा खानेपानीको अभाव सिर्जना भएको हो । खानेपानीको अभाव भएपछि सदरमुकाम खलंगामा बसोबास गर्ने करीब १५ हजार भन्दा बढी नागरिकले खानेपानीको समस्या झेलिरहेका छन् ।

यो समस्या सदरमुकाम खलंगाको मात्रै नभई जाजरकोट जिल्लाको सातै स्थानीय तहको समस्या हो । जाजरकोटका सात वटै स्थानीय तहका बासिन्दाहरुले बर्षौ देखि खानेपानीको अभाव खेपिरहेका छन् । सरकारले एक घर एक धाराको नारा लगाय पनि स्थानीयहरुले एक टोल एक धारा समेत पाउन नसकेको बारेकोट गाउँपालिका २ का स्थानीय वीरेन्द्र विकले बताए । उनले भने ‘गाउँमा खानेपानीको अभावका कारण गाग्री बोकेर घण्टौं पँधेरामा कुर्नुपर्ने बाध्यता रहेको छ, करोडौंका योजनाहरु संञ्चालन भएपनि स्थानीय बासीले खानेपानी समेत पाउन सकेका छैनन् ।’

जलस्रोत तथा कर्णाली प्रेदश अन्र्तरगत खानेपानी तथा सिचाई उर्जा विकास कार्यालय जाजरकोटद्धारा हाल क्रमागत रुपमा २६ वटा आयोजनाहरु संचालनमा रहेका छन् ।

खानेपानी तथा सिचाई उर्जा विकास कार्यालयको स्थानपन भएदेखि नै क्रमागत छन भने केही आयोजनाहरु नयाँ रहेको खानेपानी तथा सिचाई कार्यालय जाजरकोटका प्रमुख ज्वालाराज शाहीले बताए । संञ्चालनमा रहेको आयोजनाहरु आगामी आर्थिक बर्ष २०७९÷०८० मा सम्पन्न हुने शाहीको भनाई रहेको छ ।

उनले भने ‘चालू आर्थिक बर्षका लागि ७ करोड वजेट विनियोजन गरीएको छ । यति वेला आर्थिक बर्षको अन्तिम समय भएको हुँदा पनि काम संञ्चालन हुन बाँकी रहेका केही ओजनाहरुको वजेट फिरिज हुनसक्छ बाँकी योजनाहरुको काम भईरहेको छ ।

जाजरकोटमा विभिन्न कारणले गर्दा खानेपानीका आयोजनाहरुले निरन्तरता पाउन सकेका छैनन्, उपभोक्ता समितिहरुको निस्क्रिय, योजना सुरुवाती चरणको भन्दा पछि मुहानमा पानी कम हुनु लगायतका कारणले गर्दा संञ्चालनमा रहेका योजनाहरुले निरन्तरता पाउन सकेका छैनन् ।’

उनले थपे, ‘निर्माण भएका आयोजनाहरु सरकारका लागि होईन नागरिकका लागि हुन त्यसैले आफ्नो क्षेत्रमा निर्माण भएको कुनै पनि आयोजनाको संरक्षण गर्नुमा नागरिकको दायित्व रहेको छ, योजना निर्माण देखि योजनाको सदुपयोग समेत नागरिकले सही तरिकाले गर्नुपर्छ ।’

तपाईको प्रतिक्रिया