
हुम बहादुर कार्की
सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिकालाई क्षयरोग मुक्त नगरपालिका बनाउनका लागि वडा स्तरीय गोष्ठी सम्पन्न भएको छ । नगरपालिकाको आयोजनामा गुर्भाकोट नगरपालिका २ स्थित मालारानी स्वास्थ्य चौकीमा वडा स्तरीय एक दिने गोष्ठी सम्पन्न भएको हो ।
हालसम्म गुर्भाकोट नगरपालिका २ मा १० जनालाई क्षयरोग लागेको र उनीहरुको उपचार भएरहेको कार्यापालिका सदस्य तथा कार्यक्रमकी प्रमुख अतिथि राधा ढकालले बताईन । कार्यक्रममा क्षयरोग सम्बन्धी जनचेता तथा रोग निर्मुल गर्नका लागि आवश्यक छलफल गरी यस वडाको प्रत्येक टोलबाट २० जना सदस्यीय समिति गठन गरिएको ढकालको भनाई रहेको छ ।
उक्त कार्याक्रम मालारानी स्वास्थ्य चौकीका इन्चार्ज निरक शर्माको सभा अध्यक्षतामा सम्पन्न भएको थियो ।
















































। २ असार २०७९, बिहीबार