राष्ट्रिय परिचय पत्र लिनेको भीड लागेपछि प्रशासनमा विहान आठ बजेदेखि सेवा शुरु

No description available.
जाजरकोट । राष्ट्रिय परिचय पत्र लिनेको भीड लागेपछि जिल्ला प्रशासन कार्यालय जाजरकोटले विहान आठ बजेदेखि सेवा सुरु गरेको छ ।

दैनिक १०० सय भन्दा बढी सेवाग्राही आउने र कार्यालय समयमा सेवाग्राहीको काम गर्न नसकिने भएपछि विहान ८ बजेदेखि सेवा शुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीले जानकारी दिए ।

उनले भने, ‘एकदिनमा कार्यालय समयमा बढीमा ५० जनाको इन्ट्री गर्न सकिन्छ, सेवाग्राही फर्किने समस्या समाधान गर्न हामीले विहान ८ बजेदेखि सेवा शुरु गरेका हौं ।’ राहदानी लिन राष्ट्रिय परिचय पत्र अनिवार्य बनाएपछि सेवा लिनेको संख्यामा वृद्धि भएको केसीले बताए ।

No description available.

अहिले जिल्लामा एउटा मात्र स्टेशन बाट काम सुरु भईरहेको छ, अर्काे स्टेशन थपको लागि राष्ट्रिय परिचय पत्र पञ्जिकरण विभागबाट निर्णय भएको केसीको भनाई छ । त्यसका लागि एक हप्तामा कम्प्यूटर लगायतका समान र जनशक्ति एक हप्ताभित्र आउने बताईएको छ । अव दुई स्टेशन बाट काम भयो भने सजिलो हुने केसीले विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया