जिल्ला समन्वय समिति जाजरकोटको निर्वाचन कार्यतालिका सार्वजनिक

जाजरकोट । जिल्ला समन्वय समिति जाजरकोटको निर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । संवैधानिक व्यवस्था अनुसार स्थानीय तहको निर्वाचन भएको ३० दिन भित्र जिल्ला समन्वय समितिको निर्वाचन हुने गर्दछ ।

गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष, नगर प्रमुख र उपप्रमुखले मतदान गर्न पाउँनेछन् । गाउँपालिका वा नगरपालिकाको कुनै वडामा सदस्य निर्वाचित भएको जनप्रतिनिधीले उम्मेदवार बन्न पाउँछन् । ९ सदस्सीय जिल्ला समन्वय समिति गठन हुनेछ । जिल्लामा कुनै पनि राजनीतिक दलको स्पष्ट बहुमत छैन् ।

नेकपा एमालेको तीन स्थानीय तहमा जित निकालेको छ । नेपाली काँग्रेसले अध्यक्ष ÷ उपाध्यक्ष सहित ७ ठाउँमा जितेको छ भने नेकपा माओवादी केन्द्रले चार स्थानीय तहमा जितेको छ । अन्य दलभन्दा नेपाली काँग्रेस बलियो मानिन्छ ।
यस्तो छ निर्वाचन कार्यतालिका

तपाईको प्रतिक्रिया