नेकपा माओवादी केन्द्र जाजरकोटको संयोजकमा टेकबहादुर रावल


जाजरकोट । नेकपा माओवादी केन्द्र जाजरकोटको संयोजकमा टेकबहादुर रावल ( दर्शन) लाई मनोनित गरिएको छ । निवर्तमान संयोजक डम्बरबहादुर रावत नलगाड नगरपालिकाको नगरप्रमुखमा निर्वाचित भएपछि रिक्त रहेको संयोजकमा रावललाई मनोनित गरिएको हो ।

यस्तै सचिवमा पूर्णदेव शर्मा ( नवराज)लाई मनोनित गरिएको नेकपा माओवादी केन्द्र जाजरकोटले जनाएको छ । संयोजकमा मनोनित रावल यसभन्दा पहिले नलगाड नगरपालिकाको नगर प्रमुख थिए भने माओवादी केन्द्रको प्रदेश कमिटी सदस्य समेत हुन् ।

तपाईको प्रतिक्रिया