
जाजरकोट । पहाडी साना किसानका लागि अनुकुलन आयोजना (ASHA )द्धारा सञ्चालित २१ वटा उप आयोजनाहरुको स्थलगत अनुगमन गरिएको छ । जिल्लाका भेरी नगरपालिका र छेडागाड नगरपालिकामा सञ्चालित आयोजनाहरुको स्थलगत अनुगमन गरिएको जिल्ला समन्वय इकाई जाजरकोटका अनुगमन मुल्यांकन अधिकृत लोक प्रसाद गौतम जानकारी दिए ।
कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषको संयुक्त लगानीमा स्थानीय अनुकुलन कार्ययोजना लापामा आधारित भई मुल्यांकलन गरिएको अधिकृत गौतमले बताए ।

लाभान्वित घरधुरीको अनुगमन, लापा समुहद्वारा वितरित सामाग्रीको संख्या, सामग्रीको गुणस्तर, सामग्रीको समुचित प्रयोग, लापा समुहको संस्थागत विकासको स्थिति, पारदर्शिता, जनसहभागिता, समुदायको उप आयोजना प्रतिको अपनत्व, आदि बिषयलाई अनुगमनको मुख्य अंगको रुपमा हेरिएको गौतमको भनाई छ ।
उक्त अनुुगमनका आधारमा लापा समुहलाई सम्झौता र स्टमेटको अधिनमा रहि लापा समुहलाई अनुदान रकमको भुक्तानी प्रक्रिया अगाडि बढाइने अनुगमन तथा मुल्यांकन अधिकृत गौतमले बताए । अनुगमन लापा समुहद्वारा कार्यान्वयन गरिएका भेरी नगरपालिका २, ६ , ७ , ८ , १३, र छेडागाड नगरपालिकाका १२ र १३ नं वडाहरुमा उप आयोजना रहेका थिए ।

अनुगमन कार्य जेष्ठ ५ गते देखि १६ गतेसम्म गरिएको थियो । आशा आयोजनाले जलबायु परिवर्तनको असर, प्रभावको न्यूनिकरण र अनुकुलको क्षेत्रमा काम गर्दछ । जसन्तर्गत संकटकासन्न परिवारको जिबिकोपार्जनमा सहयोग तथा भौतिक पुर्बाधार निर्माण कार्य मुख्य रहेका छन् । नेपाल सरकार वन तथा वातावरण मन्त्रालयद्वारा संचालित रहेको छ ।

आशा आयोजना जिल्ला समन्वय इकाई जाजरकोटद्वारा अनुदान प्राप्त २१ वटा उप आयोजनाहरुको स्थलगत गरिएको हो । जिल्ला समन्वय इकाई जाजरकोटका अनुगमन मुल्यांकन अधिकृत लोक प्रसाद गौतम , कृषि प्राविधिक चन्द्रा खत्री , सामाजिक परिचालक योगेश्वर कार्की , गणेश ओली , धिरेन्द्र राज ओलीको टीमले अनुगमन गरेको थियो ।

















































। १७ जेष्ठ २०७९, मंगलवार