
जाजरकोट । जिल्लाको नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाका विभिन्न स्थान बाट ३५० लिटर अवैध घरेलु मदिरा नष्ट गरिएको छ ।
प्रहरी चौकी सक्ला बाट प्रहरी सहायक निरीक्षक ललितबहादुर रावलको कमाण्डमा खटिएको प्रहरी टोलीले नलगाड नगरपालिका ५ सिर्के र बारेकोट गाउँपालिका ८ लैखम गाउँ बाट ३५० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
प्लाष्टिक ड्रम ४ थान लुकाई छिपाई राखेको अवस्थामा फेला पारी सरोकारवालाहरुको रोहवरमा नष्ट गरिएको छ ।
















































। १६ जेष्ठ २०७९, सोमबार