निमावि तहको लाइसेन्स आवेदन खुल्यो, यसरी दिनुहोस् आवेदन


जाजरकोट । शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहको अध्यापन अनुमतिपत्रको विज्ञापन गरेको छ । आयोगको जेठ ६ गतेको निर्णय अनुसार निम्न माध्यामिक तहको अध्यापन अनुमतिपत्रको विज्ञापन खुला गरिएको हो । न्यूनतम शैक्षिक योग्यता पुगेका र तालिम पुगेका इच्छुक उम्मेदवारहरुले असार ७ गतेसम्म दरखास्त पेस गर्नुपर्ने छ ।

शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम ९ को उपनियम (१) को खण्ड (ख) बमोजिम तोकिएको न्यूनतम शैक्षिक योग्यता र तालिम प्राप्त गरेका निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको परीक्षामा सम्मिलित हुन इच्छुक व्यक्तिहरूले आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणाली मार्फत अनलाइन दरखास्त फाराम भर्न सक्ने सूचनामा उल्लेख गरिएको छ ।

अनलाइन दरखास्तमा आवेदन गर्दा व्यक्तिगत विवरण एवम् पेस गरेका कागजातहरु राजस्व दस्तुर बुझाइसकेपछि परिमार्जन, संशोधन तथा थपघट गर्न नसकिने सूचनामा उल्लेख गरिएको छ । आगामी साउने २८ गते बिहान ८ बजे देखि परीक्षा सञ्चालन हुनेछ ।

तपाईको प्रतिक्रिया