जाजरकोटको तीन/तीन पालिका प्रमुखमा एमाले र काँग्रेस, एकमा माओवादी


जाजरकोट । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको जाजरकोटका सात वटै पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भईसकेको छ ।

अन्तिम मत परिणाम अनुसार नेकपा एमालेले तीन वटा पालिका प्रमुख जितेको छ । नेपाली काँग्रेसले तीन वटा पालिका प्रमुख जितेको छ भने नेकपा (माओवादी केन्द्र)ले एउटा पालिका प्रमुखमा विजयी हासिल गरेको छ ।
नेकपा एमालेले जिल्लाको सदरमुकाम समेत रहेको भेरी नगरपालिका, बारेकोट र जुनीचाँदे गाउँपालिकामा अध्यक्षमा विजयी हासिल गरेको छ ।

नेपाली काँग्रेसले कुशे, शिवालय गाउँपालिका र छेडागाड नगरपालिका प्रमुखमा आफ्नो जीत हासिल गरेको छ । यस्तै नेकपा माओवादी केन्द्रले नलगाड नगरपालिका प्रमुखमा जीत हासिल गरेको छ ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले तीन वटा पालिका जितेको थियो । एमालेलाई हराउन पाँच दलीय गठबन्धन गरे पनि एमालेले आफुले जितेका तीन वटा पालिका सुरक्षित राखेको छ । नेकपा माओवादी केन्द्रले भने २०७४ सालको निर्वाचनमा दुई वटा पालिका जितेको थियो । त्यही मध्ये एक गुमाएको छ ।

माओवादी केन्द्रको किल्लाको रुपमा चिनिने जुनीचाँदे गाउँपालिकामा नेकपा एमालेले सानदार जित निकालेको छ । उपप्रमुख अर्थात उपाध्यक्षमा माओवादी केन्द्र तीन वटा पालिकामा जितेको छ । नेपाली काँग्रेसले जुनीचाँदे, कुशे गाउँपालिका र भेरी,नलगाड नगरपालिकामा जितेको छ ।

नेकपा एमालेले भने पालिका उपाध्यक्षमा जीत निकालन सकेन । जिल्लाका सात वटा पालिकामा नेकपा एमालेले १६ वडा, नेपाली काँग्रेसले २८, माओवादी केन्द्रले २७ वडा, समाजवादीले २ र स्वतन्त्र उम्मेदवारहरुले ४ वटा वडा जितेका छन् ।

जाजरकोट जिल्लामा स्थानीय तहमा नव निर्वाचित जनप्रतिनिधि ७ पालिका प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपाध्यक्ष,
१. छेडागाड नगरपालिका, प्रमुख – रत्न बहादुर खड्का (नेपाली काङ्ग्रेस)
२. छेडागाड नगरपालिका, उप प्रमुख – चन्द्र वहादुर थापा (नेकपा माओवादी केन्द्र )
३. भेरी नगरपालिका, प्रमुख – चन्द्र प्रकाश घर्ती (नेकपा एमाले )
४ भेरी नगरपालिका, उपप्रमुख – सीता जैसी (नेपाली काङ्ग्रेस )
५. नलगाड नगरपालिका, प्रमुख – डम्मर वहादुर रावत (नेकपा माओवादी केन्द्र)
६.नलगाड नगरपालिका, उपप्रमुख – सरिता सिंह (नेपाली काङ्ग्रेस)
७. शिवालय गाउँपालिका, अध्यक्ष – शेर बहादुर शाही (नेपाली काङ्ग्रेस)
८. शिवालय गाउँपालिका, उपाध्यक्ष – गीता शाही (नेकपा माओवादी केन्द्र )
९. जुनीचाँदे गाउँपालिका, अध्यक्ष – वेद वहादुर शाही (नेकपा एमाले)
१०. जुनीचाँदे गाउँपालिका, उपाध्यक्ष – बीरेन्द्र वहादुर शाही (नेपाली काङ्ग्रेस )
११. कुशेद्दज्ञञ गाउँपालिका, अध्यक्ष– हरी चन्द्र बस्नेत (नेपाली काङ्ग्रेस)
१२.कुसे गाउँपालिका,उपाध्यक्ष– देवीका कुमारी सिंह (नेपाली काङ्ग्रेस)
१३. बारेकोट गाउँपालिका,अध्यक्ष– वीर वहादुर गिरी (नेकपा एमाले)
१४.बारेकोट गाउँपालिका, उपाध्यक्ष – नर बहादुर गिरी (नेकपा माओवादी केन्द्र )

तपाईको प्रतिक्रिया