भेरी नगरपालिका प्रमुखमा एमालेका घर्ती र उपप्रमुखमा काँग्रेसकी जैशी विजयी


जाजरकोट । जाजरकोटको भेरी नगरपालिका प्रमुखमा सत्ता गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेका चन्द्रप्रकाश घर्ती निर्वाचित भएका छन् । सत्तागठबन्धनका साझा उम्मेदवार नेकपा ( माओवादी केन्द्र) का गगनबहादुर खड्कालाई ८७९ मतले पराजित गर्दै घर्ती नगर प्रमुखमा विजयी भएका हुन् ।

घर्तीले ४ हजार ८ सय ४२ मत प्राप्त गरेका छन् । उनका प्रतिद्धन्दी माओवादी केन्द्रका गगनबहादुर खड्काले ३ हजार ९ सय ६३ मत प्राप्त गरेका छन् ।

एकीकृत समाजवादीका कमानबहादुर खड्काले ३ हजार ५ सय ५९ मत ल्याए । यस्तै उपप्रमुखमा गठबन्धनकी साझा उम्मेदवार काँग्रेसकी सिता जैशी अत्याधिक मत ल्याएर निर्वाचित भएकी छन् ।

जैशीले ५ हजार ९ सय ८५ मत प्राप्त गरेकी छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेकी सावित्री चन्दले ५ हजार १ सय ७२ मत प्राप्त गरेकी छन् । नगर प्रमुखमा निर्वाचित घर्ती २०७४ सालको स्थानीय तहको निर्वाचनमा समेत अत्याधिक मतका साथ विजयी भएका थिए ।

भेरी नगरमा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेस वीच चुनावी गठबन्धन भएको थियो भने एकीकृत समाजवादी र नेकपा एमाले एक्ला एक्लै प्रतिस्पर्धा गरिरहेका थिए ।

तपाईको प्रतिक्रिया