छेडागाड नगरपालिकाको मेयरमा काँग्रेस र उपमेयरमा माओवादी केन्द्र विजयी


जाजरकोट । जाजरकोटको छेडागाड नगरपालिकामा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । मेयर पदमा नेपाली काँग्रेसका रत्नबहादुर खड्का ९ हजार १ सय ७३ मत ल्याएर निर्वाचित भएका हुन् ।

खड्काले नेकपा एमालेका उम्मेदवार लालबहादुर महतारालाई ३ हजार ६३६ मत अन्तरले पराजित गरे । महताराले ५ हजार ५३७ मत प्राप्त गरेका छन् ।

उपमेयरमा माओवादी केन्द्रका चन्द्रबहादुर थापा ( अपिल) ७ हजार ९६८ मतसहित निर्वाचित भएका छन् । एमालेका उम्मेदवार अन्जु कुमारी थापाले ६ हजार ३१ मत ल्याइन् । छेडागाड नगरपालिकामा काँग्रेस र माओवादीको गठबन्धन थियो भने एमाले एक्लै प्रतिस्पर्धामा थियो । ३ वटा वडा एमाले, ४ वटा माओवादी, ४ वटा काँग्रेस र १ वडा समाजवादीले जितेको छ ।

तपाईको प्रतिक्रिया