डोल्पाको मुड्केचुलामा माओवादीका शाही विजयी

May be an image of 1 person, standing and text that says 'ELME ELME'
डाेल्पा । डोल्पाको मुड्केचुला गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका दत्त बहादुर शाही विजयी भएको छन । माओवादी केन्द्रका दत्त बहादुर शाही एक हजार ४०३ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लंक बहादुर रोकायाले एक हजार ३६७ पाएका थिए । उपाध्यक्षमा पनि माओवादीकै दुदा रोकाया एक हजार ४५८ मतसहित विजयी भएकी छिन् ।

एमालेकी सविता कुमारी रोकायाले एक हजार २९८ मत मात्र पाइन् । वडामा १, २,३,४,५,,७, ८, ९ मा माओवादीले जितेको छ भने एमालेले वडा ६ मा मात्र जितेको छ ।

तपाईको प्रतिक्रिया