नलगाड –४ को वडाध्यक्षमा नेपाली काँग्रेसका बद्री पन्तको प्यानल विजयी

May be an image of 1 person, standing, airplane and outdoorsजाजरकोट । जिल्लाको नलगाड नगरपालिका ४ को वडाध्यक्षमा नेपाली काँग्रेसका बद्री पन्तको प्यानल विजयी भएको छ । उनका निकटतम् प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका गुमान रावल ( भरत) लाई पराजित गर्दै पन्तको प्यानल लै विजयी भएको हो । पन्तले ५०४ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका छन् ।

उनका प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका गुमान रावल ( भरत) ३५० मत ल्याए । खुल्ला सदस्य, दलित महिला सदस्य, महिला सदस्य पुरै प्यानल नेपाली काँग्रेसले जीत निकालेको छ ।

निर्वाचित पन्त पूर्व क्रियाशिल पत्रकार समेत हुन् । उनी नेपाल पत्रकार महासंघ जाजरकोट शाखाका कार्यसमिति सदस्य थिए । नेपाल टेलिभिजन, सगरमाथा टेलिभिजन, राराखबर अनलाईनमा कार्यरत थिए ।

तपाईको प्रतिक्रिया