नलगाड –२ को वडाध्यक्षमा पूर्णबहादुर खत्री निर्वाचित


जाजरकोट । जिल्लाको नलगाड नगरपालिका वडा नं २ को वडाध्यक्षमा नेपाली काँग्रेस बाट वडाध्यक्षका उम्मेदवार पूर्णबहादुर खत्री निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका खिमलाल जैशीलाई पछि पार्दै खत्री निर्वाचित भएका हुन् ।

खत्रीले ३८७ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिस्पर्धी जैशीले ३३४ मत प्राप्त गरे । यस्तै नेकपा एमालेका उम्मेदवार बालजित पुनले ७२ मत प्राप्त गरेका थिए ।

नगर प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार डम्बर रावत ३६० मत प्राप्त गरी अग्र स्थानमा छन् भने एमालेका धर्मबहादुर शाहीले २५१ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा नेपाली काँग्रेसकी उम्मेदवार सुरिता सिंहले २५६ मत प्राप्त गरेकी छन् भने एमालेकी उम्मेदवार सुरिता बोहराले २१७ मत प्राप्त गरेकी छन् । नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेस वीच नलगाडमा चुनावी तालमेल छ ।

तपाईको प्रतिक्रिया