भेरी नगरपालिका –१ मा माओवादीका दीपक रानाको प्यानल विजयी


जाजरकोट । जिल्लाको भेरी नगरपालिका ०१ मा नेकपा माओवादी केन्द्रको पुरै प्यानल विजयी भएको छ । वडाध्यक्षका उम्मेदवार दिपक रानाले ६१३ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित बनेका छन् ।

उनका निकटतम् प्रतिद्धद्धी एमालेका दिनेश विकले २९५ मत प्राप्त गरेका थिए ।

नेपाली काँग्रेसका टकविर रानाले २६० मत पाएका थिए । खुल्ला सदस्य, महिला सदस्य, दलित महिला सदस्य सहित पुरै प्यानल माओवादी केन्द्र विजयी भएको छ ।

तपाईको प्रतिक्रिया