बारेकोट गाउँपालिका–९ मा एमालेका दानबहादुर शाही प्यानल विजयी

No description available.

जाजरकोट । जिल्लाको बारेकोट गाउँपालिका वडा नम्बर– ९ मा नेकपा एमालेका सबै उम्मेदवारले जित हासिल गरेका छन् । नेकपा एमालेको तर्फबाट वडा अध्यक्षका उम्मेदवार दानबहादुर शाही सहितको प्यानल विजयी भएको हो । शुक्रबार सम्पन्न स्थानीय निर्वाचनको शनिबार सकिएको मतगणनाअनुसार ३७७ मत ल्याएर शाही वडाअध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी सत्ता गठबन्धनका कर्णबहादुर महताराले २६१ मत पाए ।

महिला सदस्य, दलित महिला सदस्य तथा खुला सदस्यमा समेत एमालेका उम्मेदवार विजयी भएका छन् । प्राप्त विवरण अनुसार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा समेत नेकपा एमालेको अग्रता छ ।

नेपाली काँग्रेस र माओवादी केन्द्रको गढ समेत रहेको वडा नं ९ मा भारी मतका साथ नेकपा एमालेले विजयी हात पारेको छ । बारेकोट गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र वीच चुनावी तालमेल भएको थियो ।

तपाईको प्रतिक्रिया