छोरालाई भोटर हालेर मर्छु भनेका खड्काको भोट हालेर फर्किदै गर्दा मृत्यु

जाजरकोट । जाजरकोटको जुनीचाँदे गाउँपालिका वडा ७ का एक बृद्धको मतदान गरेर फर्किने क्रममा बाटोमा मृत्यु भएको छ । ७४ बर्षीय सार्की खड्काको शुक्रबार बेलुका मृत्यु भएको हो । उनका छोरा भीम बहादुर खड्का एमालेबाट वडा अध्यक्षमा उमेदवार छन् । केही समयअघि देखिनै बिरामी परेका खड्कालाई मतदानका लागि आफन्तहरुले डोकोमा बोकेर मतदान स्थल सम्म ल्याएका थिए । मतदान गरेर घर लैजानेक्रममा बाटोमै मृत्यु भएको नाती नाता पर्ने मानबाहदुर खड्काले जानकारी दिए । ‘बाजे पहिलेदेखि नै बिरामी भएकाले डोकोमा बोकेर मत हाल्न ल्याएका थियौँ बाटो फर्काने क्रममा मृत्यु भयो’ नाती मानबहादुरले भने,‘छोरालाई भोट हालेर मर्छु भन्नु हुन्थ्यो भनेजस्तै भयो ।’

तपाईको प्रतिक्रिया