साथीको विहेमा जन्त आएका युवक भेरी नदीमा बेपत्ता

File Photo

प्रेम विसी
जाजरकोट । भेरी नदीमा डुबेर एक जना युवक बेपत्ता भएका छन् । नदीमा नुहाउन पसेका युवक डुबेर बेपत्ता भएका हुन् ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ चिसापानीका २२ वर्षीय यूवक बीर्खबहादुर कामी नदीमा नुहाउने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

आठबिसकोट रुकुम पश्चिमबाट जाजरकोटको मटेलामा जन्त आएका कामी बुधबार दिउँसो १ बजे भेरी नगरपालिका–४ स्थित भेरी नदीमा नुहाउने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा डिएसपी सन्तोष निरौलाले बताए । वेपत्ताको खोजी भईरहेको छ ।

तपाईको प्रतिक्रिया