चौरजहारीमा माओवादी, काँग्रेस र एमाले कार्यकर्तावीच झडप, दुई जना घाइते


जाजरकोट । रुकुम पश्चिमको चौरजहारी नगरपालिका ७ कोटजहारीमा नेकपा ( माओवादी केन्द्र) को चुनावी सभामा नेपाली काँग्रेस र नेकपा एमाले संवद्ध यूवाहरुले आक्रमण गरेका छन् । आक्रमणमा दुई जना माओवादी कार्यकर्ता घाइते भएको नेकपा माओवादी केन्द्र का कर्णाली प्रदेश कमिटि सदस्य धुव्रविक्रम बुढाथोकीले जानकारी दिए ।

कार्यक्रम स्थलमा ढुंगा प्रहार गरिएको थियो । घटनास्थलमा अहिले प्रहरी परिचालन गरिएको ईलाका प्रहरी कार्यालय चौरजहारीले बताएको छ ।

तपाईको प्रतिक्रिया