दुई बर्ष भित्र वडालाई छुवाछुतमुक्त गर्ने देखि, आफुले पाउने सेवा सूविधा गरिव बालबालिकालाई दिने ( घोषणा पत्र सहित)


आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) बाट भेरी नगरपालिका ४ को वडाध्यक्षमा बसन्त प्रसाद शर्माले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लाकै मुटु मानिएको वडा नं ४ मा सबै दल वीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । त्यही अनुरुप उम्मेदवारहरुले जनताको जीवनस्तर उकास्ने योजना सहितका घोषणा पत्र बनाईरहेका छन् । वडाध्यक्षका उम्मेदवार शर्माले दुई बर्ष भित्र वडालाई छुवाछुतमुक्त बनाउने देखि, आफुले पाउने सेवा सूविधा गरिव बालबालिकालाई दिने प्रतिवद्धता सहितको घोषणा पत्र सार्वजनिक गरेका छन् ।

वडा भित्रका सबै सार्वजनिक ठाउँमा फ्रि वाईफाई, सीसी टिभी क्यामेरा, जडान, दलित गरिव, विपन्न, बालबालिकालाई छात्रवृत्रिको व्यवस्था, वृद्धाआश्रमको व्यस्था, खानेपानी प्रत्येक घरघरमा पुर्याउने, फोहरमुक्त वडा बनाउने लगायतको प्रतिवद्धता पत्रमा घोषणा गरेका छन् ।

हेर्नुहोस् घोषणा पत्र
१) वडा नं ४ का विभिन्न स्थानमा बालबालिकाकालाई मनोरञ्जनका लागि बाल उदान्न निर्माण गरिनेछ ।
२) वडा नं ४ भित्रका विभिन्न चोक तथा स्थानमा शान्ति सुरक्षाका लागि स्टेट लाईटको व्यवस्था गरिने छ ।
३) वडा भरिमा फ्रि वाईफाईको व्यवस्था गरिने छ ।
४) गरिव तथा विपन्न परिवारका वालवालिकाको पठनपाठनमा छात्रवृत्तिको अनुदान सहयोग गर्ने व्यवस्था मिलाईने छ ।
५) वडा नं ४ को गैरीखाली आसपासका क्षेत्र बाट निस्कने फोहोर पानीलाई ढल निकासका माध्याम बाट शान्तिचौतारा बसपार्कमा झारेर बोहोरा मुलपानीको खानेपानी मुहानलाई संरक्षण गरी पेल्टीसेटको निर्माण गरी विद्युत उत्पादन तथा सिंचाई सुविधाको व्यवस्था मिलाईने छ ।

६) वडा नं ४ मा व्याप्त खानेपानी समस्यालाई निर्माणाधीन वृहत खानेपानी लगायत अन्य अपुरो खानेपानी योजनालाई यथाशिघ्र सम्पन्न गर्नका लागी जोड दिंदै खानेपानीको समस्यालाई समाधान गरिने छ ।
७) लैंगिक हिंसा अन्त्यका लागि न्याय, सुरक्षा र सहयोग प्रणालीमा जोडिने छ ।
८ बृद्धबृद्धाका लागि दिउँसोको समयमा भजन किर्तन तथा मनोरञ्जन गरी समय विताउनेहरुका लागि बृद्धाश्रम निर्माणका लागि सम्भाव्यता अध्ययन गरिने छ ।
९) टोल विकास संस्थालाई सामुदायिक सशक्तिकरणका काममा परिचालन गरिने छ ।
१०) वडा भित्र केहि स्थानमा सिसी टिभी क्यामरा जडान भएको भएपनि थप अन्य स्थानमा समेत सिसी क्यामरा जडान गरी अपराधिक कृयाकलापलाई न्युनिकरण गरिने छ ।
११) जातिय भेदभाव र छुवाछुतलाई २ बर्ष भित्र मुक्त गर्न व्यापक अभियान सञ्चालन गरिने छ ।
१२) वडा भित्रका सरकारी विद्यालयलाई प्रविधी मैत्री विद्यालय बनाउनका साथै छाना रहित विद्यालय भवन निर्माण गरिने छ ।
१३) बजार क्षेत्रमा यातायातको साधन सुविधा अटो सेवा सञ्चालनका लाग िपहल गरिनुका साथै सार्वजनिक सडकमा अव्यवस्थित रुपमा राखिने निर्माण तथा अन्य सामग्रीलाई व्यवस्थित रुपमा राख्ने व्यवस्था मिलाईने छ ।
१४) युवा तथा किशोरकिशोरी केन्द्रीत सीप विकास कार्यक्रम सञ्चालन गरिने छ ।
१५) खानेपानीलाई गुणस्तर परिक्षण गरी विकार मुहानलाई शुद्धिकरण गरिने छ ।
१६) आधारभुत स्वास्थ्य केन्द्र बोहोरामा बर्थिङ सेन्टर सेवा थप गरी यथाशिघ्र प्रभावकारी स्वास्थ्य सेवा सञ्चालन गरिने छ ।
१७) वडा क्षेत्र भित्र विद्युतिकरण विस्तार नभएका क्षेत्रमा विद्युतिकरण विस्तारका लागी पहल गरिने छ ।
१८) बजार क्षेत्रमा देखिने फोहोर व्यवस्थापन नभई रहेको अबस्थालाई व्यवस्थापन गर्न पहल गरिने छ ।
१९) खलंगा प्रवेश विन्दु शान्तिचौतारालाई सुन्दर, आकर्षक र मनमोहक बनाईने छ । खलंगा बजार क्षेत्रको जानकारी पाटी राखिने छ ।
२०) नेपाल सरकार, कर्णाली प्रदेश सरकारका कार्यालय आयोजना र विकास साझेदार संघ संस्थाहरु विच
समन्वय र सहकार्य प्रवर्दन गरिने छ ।
२१) वडा भित्र रहेका कालिका मन्दिर÷रामजानकी मन्दिर÷राधाकृष्ण मन्दिर÷कृष्ण मन्दिर÷ईउरी र धल्लाका मन्दिर ममृत सुधार गरिने छ ।
२२) सडक सञ्जालमा नजोडिएका वस्तीहरुलाई सडक सञ्जालमा जोडिने छ ।
२३) खोला नदीमा गिट्टी बालुवा संकलन र निकासी कार्यलाई नियमन गरिने छ ।
२४) वडा भित्र भ्रष्ट्राचार न्युनिकरण र सुशासन कायम गर्ने बिषयमा पुर्ण रुपमा प्रतिबद्ध भै काम गरिने छ ।
२५) वडा अध्यक्ष निर्वाचित भएमा वडा अध्यक्षले पाउने मासिक पारिश्रमिक आफ्ना लागि नलिई विपन्न र
गरिव वालवालिकाको पठनपाठन तथा स्वासथ्य उपचारका लागी सहयोग गरिने छ ।

तपाईको प्रतिक्रिया