सल्यानमा ४ सय ३५ पदका लागि १६ सय ७ जनाको गरे मनोनयन दर्ता


सल्यान । आगामी वैशाख ३० हुने स्थानीय तहको निर्वाचनका लागि सल्यानमा १ हजार ६ सय ७ जनाले मनोनयन दर्ता गराएका छन् । जिल्लाका १० स्थानीय तहमा ४ सय ३५ पदका लागि १ हजार ६ सय ७ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालय सल्यानले जनाएको छ ।

जिल्लाको शारदा नगरपालिकामा २ सय ८५, बागचौरमा २ सय ५६, बनगाड कुपिण्डेमा २ सय १२, दार्मा गाउँपालिकामा १ सय ३८, त्रिवेणी गाउँपालिकामा १ सय २२ जनाको उम्मेदवारी परेको छ ।

सिद्ध कुमाख गाउँपालिकामा ८१, छत्रेश्वरीमा १ सय ६५, कुमाख गाउँपालिकामा १ सय १७, कपुरकोटमा १ सय २३ मनोनयन दर्ता भएको निर्वाचन कार्यालय सल्यानका सूचना अधिकारी तेजेन्द्र चन्दले जानकारी दिए। पदभन्दा झन्डै ४ गुणा बढी उम्मेदवारी परेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया