सत्तागठबन्धन जाजरकोटः कतै विरोध, कतै आफ्नै उम्मेदवार


जाजरकोट । सत्तारुढ गठबन्धनमा जाजरकोटका सात पालिकामा उम्मेदवारीबारे भागबण्डा टुङ्गिएको छ । जसअनुसार नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले तीन–तीन पालिकामा प्रमुख पदमा उम्मेदवारी दिने भएका छन् भने एउटा पालिका प्रमुखमा नेकपा एकीकृत समाजवादीले उम्मेदवारी दिने भएको छ । गठबन्धनबीच भएको भागबण्डा अनुसार भेरी नगरपालिकामा नेकपा एकीकृत समाजवादीले प्रमुख पदमा र नेपाली काँग्रेसले उपप्रमुख पदमा उम्मेदवारी दिने भएको छ ।

यस्तै, छेडागाड नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा नेकपा माओवादी केन्द्रले उम्मेदवारी दिने भएका छन् भने नलगाड नगरपालिकाको प्रमुखमा माओवादी केन्द्र र उपप्रमुखमा नेपाली काँग्रेसले उम्मेदवारी दिने तय भएको छ ।

शिवालय गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली काँग्रेसले उम्मेदवारी दिने भएको छ । यस्तै, बारेकोट गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा माओवादी केन्द्र, कुशे गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा माओवादी केन्द्र, जुनिचाँदे गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली काँग्रेसले उम्मेदवारी दिने भएको छ ।

सत्ता गठबन्धनको निर्णयलाई लिएर कतै विरोध गरिएको छ भने कतै उम्मेदवार नै खडा गरिएको छ । नेकपा ( माओवादी केन्द्र) भेरी नगर कमिटीले आफ्नो पक्षमा उम्मेदवारी नभएको भन्दै विरोध जनाएको छ । पार्टीको नेतृृत्वले नसुने सम्म राजीनामा दिने समेत भेरी नगर कमिटी अध्यक्ष दिपेन्द्र बस्नेतले पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् । वागी उम्मेदारी समेत दिएर नगरमा आफ्नो पक्षमा उम्मेदवारी दिने बताए ।

शिवालयमा कांग्रेसले उठायो आफ्नै उम्मेदवार
शिवालय गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका नेता शेरबहादुर शाही अध्यक्षको उम्मेदवार बन्ने भएका छन् । गठबन्धनका नाममा ७ सय मत ल्याएको माओवादीलाई २५ सय मत ल्याएको कांग्रेसले अध्यक्षमा समर्थन गर्ने नेतृत्वबाट निर्णय भएपछी शाहीको नेतृत्वमा नेपाली कांग्रेस चुनावमा होमिने पक्का भएको हो। बौद्धिक,शालीन,भद्र एवं प्रखर वक्ता नेता शाही त्यागी एवं शादगी नेताका रुपमा चिन्न्छिन ।

भोली शाहीको नेतृत्वमा नेपाली कांग्रेसले उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको शिवालयका कांग्रेस युवा नेता चन्द्रअधिकारीले बताए। शिवालय गाउँपालिका अध्यक्षमा शाही अध्यक्षमा उम्मेदवार बन्ने भएपछी निराश भएका कांग्रेस कार्यकर्तामा खुशीयाली छाएको छ । कांग्रेसको गढ भएको स्थानमा पनि जिल्लातहका नेताले माओवादीलाई अध्यक्ष दिने निर्णय भएपछी शिवालयका कांग्रेस नेता एवं कार्यकता शाहीलाई अध्यक्ष उम्मेदवार बनाउने निर्णयमा पुगेका हुन् ।

तपाईको प्रतिक्रिया