
जाजरकोट । जिल्लाको छेडागाड नगरपालिका वडा नं. २ ढेडुका भन्ने स्थानमा जङ्गलभित्रको ओढारमा हतियार लुकाई राखिएको अबस्थामा भेटिएको छ ।
जङ्गलको ओढार भित्र हतियार लुकाई राखिएको गोप्य सूचना पाएसंगै बुधबार दिउँसो १ बजे अस्थायी प्रहरी पोष्ट सुयाडा जाजरकोटबाट प्रहरी टोलीले बन्दुक बरामद गरेको छ ।
उक्त एक नाल भरुवा बन्दुक फेला पारी कानून बमोजिम बरामद गरि अस्थाई प्रहरी पोष्ट सुयाडामा ल्याइएको छ। उक्त फेला पारी बरामद गरिएको को अबैध भरुवा बन्दुक अस्थायी प्रहरी पोष्ट सुयाडामा राखी यसको बिषयमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको हो ।
















































। ८ बैशाख २०७९, बिहीबार