स्थानीय तह निर्वाचनः ‘महिला र दलितलाई कार्यकारी पदमा ल्याउन संघर्ष गरौं’

No description available.
जाजरकोट । नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य एवं नेपाल दलित मुक्ति मोर्चा कर्णाली प्रदेश संयोजक पार्वती विक ( शान्ता) ले आगामी स्थानीय तहको निर्वाचनमा महिला र दलितलाई कार्यकारी पदमा ल्याउन पार्टी भित्र संघर्ष गरिने बताएकी छन् ।

दलित मुक्ति मोर्चा भेरी नगर कमिटीले आयोजना गरेको कार्यक्रममा संयोजक विकले महिला र दलितहरुलाई कार्यकारी पदमा ल्याउन गठबन्धन र पार्टी भित्र संघर्ष गरिने बताएकी हुन् ।

उनले भनिन्, ‘सत्ता भन्दा बाहिर रहेका महिला र दलितहरुलाई स्थानीय तहको सरकारमा सहभागी गराउन वा समानुपातिक समावेशीको विषय सुनिश्चित गर्न पार्टी र गठबन्धन भित्र कार्यान्वयका लागि संघर्ष गरिनेछ ।’

संविधानले दिएको अधिकार प्राप्त गर्न महिला र दलितहरुले संघर्ष गर्न जरुरी रहेको समेत विकले बताईन् ।

तपाईको प्रतिक्रिया