यूथफोर्स नेपाल जाजरकोटको हाइकमाण्ड प्रमुखमा शाही

तोकियो सात पालिकाका कमाण्डर ( जिम्मेवारी सहित)


जाजरकोट । नेकपा ( एमाले) जाजरकोटले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित गरी गठन गरेको यूथफोर्स नेपाल जाजरकोटको हाइकमाण्ड प्रमुखमा सरोज जंग शाहीलाई चयन गरेको छ ।

वैशाख १ गते राष्ट्रिय यूवा संघ नेपाल जाजरकोटको सचिवालय वैठकले सात वटै पालिका समेटेर यूथफोर्स नेपाल जिल्ला हाईकमाण्ड टीम गठन गरेको हो । शाहीको कमाण्डमा गठन गरिएको यूथफोर्स नेपाल जिल्ला हाईकमाण्डको उप प्रमुखमा जगत जंग थापा,सन्देश सिंह, हेमन्त हमाल लाई तोकिएको छ ।

यस्तै, सात वटै पालिका कमाण्डमा शिवालय गाउँपालिकामा ललित वि.सी, छेडागाड नगरपालिका गणेश बस्नेत, जुनीचाँदे गाउँपालिका पञ्चराज शाही, नलगाड नगरपालिका रामु विक, भेरी नगरपालिका कर्ण विष्ट, बारेकोट गाउँपालिका विनोद सिंह र कुशे गाउँपालिकाको कमाण्ड विश्व कुमार सिंहलाई तोकिएको छ ।

No description available.

 

तपाईको प्रतिक्रिया