बारेकोट गाउँपालिका ९ को वडाध्यक्षमा यूवा नेता बस्नेतको दावी


बारेकोट । जिल्लाको बारेकोट गाउँपालिका वडा नं. ९ को वडाध्यक्षमा यूवा नेता जलन बस्नेतले दावी गरेका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्र बाट अध्यक्षमा दावी गरेका हुन् ।

२०६७ साल देखि अखिल क्रान्तिकारीको बारेकोट संयोजक बन्दै राजनीतिक यात्रा सुरु गरेका बस्नेत यूवा पुस्ताका लोकप्रिय नेताको रुपमा परिचित छन् । २०७३ सालमा भएको विद्यार्थी संगठनको जिल्ला अधिवेशन बाट उपाध्यक्षमा निर्वाचिन भएका थिए ।

२०७८ सालमा विद्यार्थी संगठनको प्रदेश कमिटी सदस्य, नेकपा माओवादी केन्द्र बारेकोट गाउँ कमिटी सदस्य बनेका थिए । हाल बस्नेत अखिल क्रान्तिकारी कर्णाली प्रदेश कमिटीको सचिवालय सदस्य र माओवादी केन्द्र बारेकोटका सदस्य हुन् ।

तपाईको प्रतिक्रिया