‘स्थानीय तहको निर्वाचनमा आर्थिक स्थिति कमजोर भएकै कारणले अब्बल नेताहरू खुम्चिनु परेको छ’

प्रकाश सरगम

पार्टीका सम्मेलन, अधिवेशन र महाधिवेशन आउँदा पार्टीका कार्यकर्ताहरुमा खुशी र उमंगले मन भरिएको हुन्छ । धेरै लामो समय संघर्ष गरेका नेतृत्वहरुमा एउटा फरक धारको नेतृत्व पाउँछौ र नेतृत्व गर्छौ । म पनि पार्टीको नेतृत्व गर्छु आदि इत्यादि कुराहरू ले मनमा उल्लास छाएको हुन्छ होला ।

विभिन्न संघर्षबाट राजनैतिक शुरु गरेका नेता पार्टीप्रति जीवन समर्पित गरेका केही नेताहरुलाई पार्टीले मुल्यांकन नगरी दिदा कार्यकर्ताहरुको मनमा विभिन्न प्रश्नहरु खडा हुन्छन् । यो स्वभाविक हो पार्टीले सबैको मुल्यांकन गर्न पनि सक्दैन् ।

पार्टीले मुल्यांकन गर्न नसकेपछि नेतृत्वको सही मुल्यांकन गर्ने जनताले हो र नेतृत्व मुल्यांकन गर्ने उत्तम विधि निर्वाचन (चुनाव) हो । तर सम्मेलन, अधिबेशन र महाधिवेशन आउँदा खुशीयाली भरिएका मुहारहरु निर्वाचन आउँदा दुःखी हुँदै खुम्चिएको देखिन्छ ।

पहिलो स्थानीय निर्वाचनमा पराजय भएका दलका नेताहरु आउने निर्वाचन जित्छौ भनेर जनतामाझ गईरहँदा एउटा नयाँ जोस देखिन्थ्यो । तर निर्वाचन मुखमा आइपुग्दा ती नेताहरु आर्थिक र भौतिक स्थिति कम्जोर भएकै कारणले खुम्चिएर मौन भएको देखिन्छ ।

संग पार्टीको मुख्य नेतृत्वले चुनावमा जसले जित्न सक्छ त्यसैलाई टिकट दिने निर्णय गरेपछि यसको मतलब जो संग पैसा छ त्यसलाई खोजेर उभ्याउन खोजेको भन्ने सार हो । यस्तो पार्टीको निर्णयले दक्ष र योग्य व्यक्तिलाई पन्छ्याउँछ । लामो संघर्षले पार्टी भित्र आफ्नो नेतृत्वको खुवी बनाएका नेता पिल्सिएको देखिन्छ ।

अन्य दलका नेताहरु जस्तै माओवादी केन्द्रका सबै नेताहरु सम्पन्न छैनन् । केही माओवादी केन्द्रका नेताहरुले जनयुद्धको फाइदा उठाएर आफ्नो जीवन मालामाल बनाएका होलान् तर कतिपय इमान्दार नेताहरूको वर्तमान स्थिति नाजुक देखिन्छ ।

दश वर्षे जनयूद्धको क्रममा प्रायः शिक्षक, बिद्यार्थी र जनवर्गिय संगठन, किसानहरु जन–आन्दोलनमा आफ्नो पेशा त्यागेर भुमीगत भएका थिए । ती मध्ये जो इमानदार र पार्टी प्रति बफादार थिए । तिनीहरुको वर्तमान स्थितिमा कमजोर र नाजुक छ । केही सशक्त र युवा वर्गहरु खाडी तिर छन् भने केही नेतृत्व गर्छु मलाई पार्टी र जनताले मुल्यांकन गर्छ म समाजमा केही काम गर्छु ।

मेरो समाज म आफै बनाउँछु भन्ने नेताहरू नेपालमा छन् । ती नेताहरूको जनजीवन आर्थिक र भौतिक हिसाबले निकै कमजोर छ । पार्टीको सम्मेलन, अधिवेशन र महाधिवेशन आउँदा निकै उत्साहित देखिन्छन् निर्वाचन हुनुभन्दा एक दुई वर्ष अगाडी सम्म हर्षित देखिन्छन् तर निर्वाचन मुखैमा आइपुग्दा निकै खुम्चिएका छन् । पार्टी र जनताले सोच्नुपर्ने अवस्था आएको छ ।

लेखक सरगम अखिल क्रान्तिकारी मध्यपश्चिम विश्वविद्यालय सचिवालय सदस्य हुन् ।

तपाईको प्रतिक्रिया