मेयर कपको उपाधी भेरी त्रिवेणी मा.वि रिम्नालाई

जाजरकोट  । भेरी नगरपालिकाद्धारा सञ्चालन गरिएको राष्ट्रपति रनिङ्ग शिल्ड एवं मेयर कपको उपाधी भेरी त्रिवेणी माद्यामिक विद्यालय रिम्नाले  उचालेको छ ।

विद्यालयले १० स्वर्ण, ४ वटा रजत र ४ वटा कास्य पदक गरी जम्मा १९ पदक  हात पारी शिल्ड जित्न सफल भएको हो ।

शिव शंकर माद्यामिक विद्यालय जगतिपुरले ८ वटा स्वर्ण, ४ वटा रजत र ७ वटा कास्य पदक गरी जम्मा १९ पदक हात पार्दै दोस्रो स्थान हात पारेको छ ।

यस्तै, ७ वटा स्वर्ण, ७ वटा रजत र १ वटा कास्य पदक गरी जम्मा १५ पदक हात पारी भगवती मावि कुदले तृतिय स्थान प्राप्त गरेको छ । तीन दिन सम्म चलेको रनिङ्ग शिल्ड एवं मेयर कपमा नगरपालिका भित्रका १० वटा विद्यालयको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया