एमसीसी विरुद्ध वक्तृत्वकला

No description available.
जाजरकोट । नेकपा विप्लव निकट विद्यार्थी संगठन अखिल ( क्रान्तिकारी) जाजरकोटले एमसीसी विरुद्धको रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । संगठनको केन्द्रीय सर्कुलर अनुसार जाजरकोटको त्रिभुवन माद्यामिक विद्यालयमा रचना वाचन कार्यक्रमको आयोजना गरेको हो ।

‘राष्ट्र निर्माणमा वैदेशिक सहायताले पारेको प्रभाव’ शिर्षकमा वक्तृत्वकला प्रतियोगी सम्पन्न गरेको अखिल (क्रान्तिकारी) जाजरकोटका संयोजक दीपेन्द्र सिंहले जानकारी दिए । सिंहले दिएको जानकारी अनुसार,सयौँ विद्यार्थी को उपस्थिति थियो भने, दश जनाले भाग लिएका थिए ।

No description available.

प्रतिस्पर्धाबाट विपना सिंहले प्रथम स्थान, अञ्जली नेपाली द्दितिय, टबिन कार्की तृतीय भएका थिए । विजेताहरुलाई विशेष पुरुस्कारको व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया