कुशेमा १४३ जनाले गरे नेकपा एस प्रवेश

No description available.
कुशे । जिल्लाको कुशे गाउँपालिकामा १ सय ४३ जनाले नेकपा ( एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । पार्टीको संगठन निर्माण, वडा कार्यालय उद्धघाटन लगायतका कार्यक्रममा गाउँपालिका भित्रका १ सय ४३ जनाले नेकपा एस रोजेका हुन् ।

नेपाली काँग्रेसका १ सय १५ र नेकपा एमाले बाट २८ जनाले प्रवेश गरेको एकीकृत समाजवादी जाजरकोटका नेता तप्त हमालले जानकारी दिए ।

हमालले दिएको जानकारी अनुसार,कुशे गाउँपालिकाको सबै वडामा नेकपा एसको वडा कार्यालय उद्धघाटन गरिएको छ ।

No description available.

तपाईको प्रतिक्रिया