काँग्रेस भेरी नगर पूर्व उपसभापति सहित दर्जन कार्यकर्ताले गरे माओवादी प्रवेश

No description available.
जाजरकोट । नेपाली काँग्रेस भेरी नगर कमिटी पूर्व उपसभापति ज्ञानीप्रसाद आचार्य सहित एक दर्जन कार्यकताले माओवादी केन्द्र प्रवेश गरेका छन् ।

नेकपा ( माओवादी केन्द्र) कर्णाली प्रदेशले आयोजना गरेको विशाल आम सभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल( प्रचण्ड) ले उनीहरुलाई स्वागत गरेका छन् ।

उनी संगै भाने वर, मोहन विक, हर्क बहादुर नेपाली लगायतका एक दर्जन कार्यकर्ताले काँग्रेस परित्याग गरेका छन् । जिल्ला समन्वय समिति जाजरकोट उपप्रमुख समेत रहेका आचार्यलाई पार्टी अध्यक्ष दाहालले फुलमालाले स्वागत गरेका थिए ।

No description available.

३० बर्ष भन्दा बढी नेपाली काँग्रेसको सक्रिय राजनीतिमा लागेका आचार्यले माओवादी केन्द्रमा प्रवेश गर्दा माओवादी केन्द्र बलियो भएको भेरी नगर कमिटी इन्चार्ज ईमाश्वर देवकोटाले विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया