बन्दुक बोक्ने म होइन्,राजनीतिक प्रतिसोध साँध्न नाम वेचियो : अध्यक्ष बस्नेत

जाजरकोट । जिल्लाको कुशे गाउँपालिका अध्यक्ष एवं नेपाली काँग्रेस जाजरकोटका नेता हरिचन्द्र बस्नेतले बन्दुक बोक्ने आफु नभई राजनीतिक तथा व्यक्तिगत प्रतिसोध साँध्न आफ्नो नाम बेचेको बताए । हाम्रो पहुँच डटकम संग कुराकानी गर्दै अध्यक्ष बस्नेतले भने, ‘बन्दुक बोक्ने म होइन्, राजनीतिक एवं व्यक्तिगत प्रतिसोध साँध्न मेरो नाम बेचिएको हो ।’

‘मलाई मोटरसाईकल चलाउन आउँदैन, फोटोमा मोटरसाईकल चढेर हिडेको देखिन्छ, म होइन्, मलाई व्यक्तिगत रिस र राजनीतिक प्रतिसोध साँध्न मलाई भाईरल बनाईयो’ उनले थपे, ‘म सँग लाईसेन्सवाला बन्दुक छ, म होइन् यसरी मेरो नाम लिनु राम्रो होइन् ।’

सोमबार विहानै बाट सामाजिक सञ्जालमा अध्यक्ष बस्नेतले बन्दुक बोकेर हिडियो भन्दै टिक्का टिप्पणी भईरहेको छ ।

तपाईको प्रतिक्रिया