
राज्यको नीति,नियम,विधान ब्यवस्थालाई ठीक गरी जनता समाज र सिङ्गो राष्ट्र देखि अन्य देशप्रतिको कुटनैतिक आदी सम्बन्धलाई ठिक राख्ने व्यवहारगत व्यवस्था नै राजनीति हो । देशका कुनैपनि पार्टीले राष्ट्र प्रथम भावका साथ समाज र आम जन्ताका लागि राजनीति गरेपछि अवश्य नै त्यो सफल र सक्षम मानिन्छ ।
सत्तामा आसिन राजनीतिक दलले शक्ति र सत्ताको को आडामा जनता लाई खेल दर्शक जस्तै गरिरहेका छन् । सरकारी ढुकीकुटलाई आफ्नो पुर्खाको सम्पत्ति ठानी राष्ट्र, राष्ट्रियता, स्वाभिमान लत्याउँदै जनताभन्दा पनि जीवनको लागि पार्टीलाई कसरी सञ्चालन गर्ने भन्ने तिर बढी चिन्ता हुन थाल्यो ।
आफ्न्तवादको नारा र कामले गर्दा जनतालाई भड्काउने ,जनताको झुपडीसम्म पुगेर भन्दा पनि ठुला महलहरुमा बसेर विकासका योजनाहरु बनाउन तिर हाम्रो राजनीतिक दलहरु लागिरहेका छन् ।
घुमी फेरि आउँछु फेरि चुनाव अनि यी सबै नेता जात का मान्छेका लागि भोटको चिन्ता हुन्छ अनि सहरमा बसी बसी चिल्ला गाडीको यात्रा, अनि आफ्नो छली धनको महलबाट आफ्ना मासुभात नोटले बनाएका कार्यकर्ता को बथान जस्तै बनी अन्धकार क्षेत्र,जहाँ जति सरकार आए पनि विकासको सुन्य हालतमा रहेको दुर्गम अनि अक्षित बस्तीमा विकासको सम्बृद्धिको लोप देखाएर उनीहरूको भोट फुत्काउने आशा अनि खेल चलिरहेको छ ।
















































। २३ फाल्गुन २०७८, सोमबार