बाल संरक्षण र लागुऔषध दुव्र्यसनी न्यूनीकरण सम्वन्धि विद्यार्थिलाई अभिमुखिकरण कार्यक्रम

May be an image of 2 people and people standing
धर्मराज परियार
जाजरकोट । बाल संरक्षण र दुव्र्यसनी न्यूनिकरण सम्वन्धि विद्यलयमा अभिमुखिकरण सम्पन्न गरिएको छ । अष्ट्रेलियन एड, कारितास अष्ट्रेलियाको आर्थिक सहयोगमा कारितास नेपाल र युवा जागरण विकास केन्द्र नेपाल यार्सन जाजरकोटको साझेदारीमा सन्चालित नेपाल जिविकोपार्जन तथा उत्थानशिलता कार्यक्रम NLRP- CYEP   को आयोजनामा सम्पन्न भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोट, सामुदायिक सेवा केन्द्र , भेरी नगरपालिका जाजरकोटको शिक्षा युवा तथा खेलकुद शाखाको शिव मा.वि. कालेगाउँको नवसृजनशील शान्ति युवा क्लव सँगको समन्वय तथा साझेदारिमा कार्यक्रम सम्पन्न भएको छ ।

May be an image of 2 people and people standing

बाल क्लव तथा विद्यालयमा अध्ययनरत विद्यार्थि, विद्यालयका शिक्षक, अभिभावक तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु गरी करिव १ सय जनाको सहभागिता रहेको थियो । विद्यालयका प्रधानाध्यापक तीलक वहादुर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरिक्षक खुमानन्द पाण्डेले लागुऔषध तथा दुव्र्यसन न्युनिकरण, यार्सन जाजरकोटका जिल्ला कार्यक्रम प्रवन्धक,सहदेव बस्नेत ले भेरी नगरपालिका शिक्षा,युवा तथा खेलकुद साखा प्रमुखअमृत पुन ले गुणस्तरिय शिक्षा मा सरोकारवालाको भुमिका वारे सहजिकरण गर्नु भएको थियो ।

जसमा समाजमा लागु औषध तथा दुव्र्यसन ले गर्दा बालबालिका तथा युवामा पारेको असर र यस वाट वच्ने उपाया, लागुऔषध सेवन तथा विक्रिवितरन गर्दा हुने कानुनि कारवाहीका वारे जानकारी पाएका छन । साथै यसले समाज तथा परिवारमा पार्न असर र नकारामक प्रभावका वारे पनि जानकारी गराइएको थियो ।

May be an image of 11 people and people standing

त्यस्तै यार्सनका जिल्ला कार्यक्रम प्रवन्धक सहदेव बस्नेत ले बाल अधिकार का प्रमुख क्षेत्र , बाल संरक्षण का लागि हामी सरोकारवालाहरु ले खेल्नु पर्ने भुमीका वालमैत्रि विद्यालयको अवधारणा, वालमैत्रि वातावरण, पुर्वाधार आदी वारे सहजीकरण गर्नु भएको थियो ।

भेरी नगरपालिका जाजरकोटको शिक्षा युवा तथा खेलकुद साखा प्रमुख अमृत पुन ले विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि सवै पक्षको साझा दायित्व र कर्तव्य रहेको बताउनु भयो । जसका लागि शिक्षकहरुले आधुनिक प्रविधिमैत्रि वन्दै जानु पर्ने बताउनु भयो । शिक्षकले गुणस्तरीय पठनपाठनको लागि विद्यालयमा नेत्रित्व गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा बालबालिकाहरुले बालअधिकार, दुव्र्यशन वाट कसरी वच्ने, वालमैत्रि विद्यालय का लागि हुनु पर्ने सुचकहरु वारे विभिन्न जिज्ञासा राखेका थिए । आफुहरुले विद्यालयमा गुणस्तरीय पठन पाठनका लागि आवस्यक पुर्वाधारको व्यवस्था हुनु पर्ने माग राखेका थिए । जस अन्तरगत रेस्ट रुम, शौचालयको प्रयाप्त व्यवस्था, खेलकुदका सामाग्रीहरुआदी प्रयाप्त मात्रामा हुनु पर्ने माग राखेका थिए ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी जवान शेर जंग चन्द ले संचालन गर्नु भएको उक्त कार्यक्रममा सहभागिहरु लाई आफुले सीकेका कुराहरु व्यवहारमा ल्याउन र अन्य समुदायमा पनि जानकारी गराउन आग्रह गरिएको थिए ।

तपाईको प्रतिक्रिया