
दैलेख । दैलेखको ठाँटीकाँध गाउँपालिका १ लकान्द्र पिपलचौरमा आमा छोरा मृत फेला परेका छन् । अन्दाजी ४० बर्षिया हरिकला बादी र उनका छोरा १८ बर्षिय रमेश आज विहान घरमै मृत अवस्थामा भेटिएका हुन् ।
घटनास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वर शाहका अनुसार घटनास्थल नजिकै रहेको प्रहरी चौकी लकान्द्रामा शुक्रबार विहान ११ बजे छिमेकीले खबर गरेका थिए ।
घटनाको प्रकृति हेर्दा खाना पकाउने र सुत्ने एउटै कोठा भएकाले विहीबार राती आगो ननिभाई सुतेको र राती कपडामा आगो सल्किएपछि निशास्यिर मृतु भएको हुने सक्ने डिएसपी शाहले बताए ।
‘घटनास्थल हेर्दा सुत्ने र खाना पकाउने एउटै कोठा छ आगेनो नजिकै परालको गुन्द्रीमा ओछ्यान लगाएर सुतेको अवस्थामा आगो शल्किएर कोठा भित्र धुँवा भरिएको जस्तो देखिन्छ’ उनले भने,‘शवको प्रकृती हेर्दा अनुहार, पेट खुट्टा डढेको अवस्था छ ।’
तर घटनाको अनुसन्धान भइरहेकाले मृत्युको कारण बारे अहिले नै एकीन गर्न नसकिने उनको भनाइ छ । घटनास्थल मुचुल्का गरेर शवको पोष्टमाटमका लागि दुल्लु अस्पताल लगिएको छ ।
चार जनाको परिवारमा हरिकलाका श्रीमानको दश बाह्र बर्ष पहिले नै मृत्यु भइसकेको र एक छोरीको नौमुले गाउँपालिकामा विवाह भएको थियो । उनी दुल्लु अस्पताल आइपुगेको प्रहरीले जनाएको छ ।
















































। २० फाल्गुन २०७८, शुक्रबार