जाजरकोट उज्यालो बनाउने विकल्प खोजिरहेको छु : उर्जामन्त्री सिंह

No description available.
जाजरकोट । कर्णाली प्रदेश सरकारका उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री गणेशप्रसाद सिंहले जाजरकोट उज्यालो बनाउने विकल्प खोजिरहेको बताएका छन् ।

मंगलबार प्रेस सेन्टर नेपाल जाजरकोटले आयोजना गरेको सम्मान तथा स्वागत कार्यक्रममा मन्त्री सिंहले विद्युतीकरणमा ढिलाई हुने देखिएकोले जाजरकोट उज्यालो बनाउने विकल्प खोजिरहेको बताएका हुन् । उर्जा, जलस्रोत र सिंचाई क्षेत्रका योजनाहरु अलपत्र पार्ने ठेकेदारहरुको लिस्ट बनाई तत्काल कारबाही गरिने मन्त्री सिंहले बताए ।

उनले भने, ‘विद्युतीकरणमा ढिलाई भईरहेको छ, गाउँगाउँमा जनता अँध्यारोमा बसिरहेका छन्, विद्युतीकरण हुने वेला सम्म गाउँ कसरी उज्यालो बनाउन सकिन्छ, अहिले विकल्प खोजिरहेको छु ।’

आफ्नो कार्यकाल सम्म जाजरकोटका गाउँ गाउँमा विद्युत, टेलिफोन, खानेपानी, सिंचाई क्षेत्रमा सक्दो काम गर्ने मन्त्री सिंहले बताए ।

फागुन १३ गते जाजरकोट आएका सिंहका जिल्लाका एक दर्जन भन्दा बढी आयोजनाहरुको शिलन्यास गरेको मन्त्री सिंहको सचिवालले जनाएको छ । बारेकोटको नायकवाडा सिंचाई, नौफेरी खानेपानी, भेरी नगरपालिका भुरको खानेपानी, कुदु खानेपानी, नलगाडको नहकुली खानेपानीलाई विशेष महत्वका साथ हेरिएको छ । मन्त्री सिंह जाजरकोटी जनताको विकासीलो नेताका रुपमा चिनिन्छन् ।

तपाईको प्रतिक्रिया