नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फकिंदै


काठमाडौं   ।  आईसीसी ग्लोबल क्वालिफायरका लागि ओमानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्कँदै छ ।

ओमानमा आयोजना भएको आईसीसी पुरुष टी–ट्वेन्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ‘ए’मा सहभागिता जनाएको टोली आज स्वदेश फर्किन लागेको हो। नेपाली टोली साँझ साढे ५ बजे नेपाल आइपुग्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

छनोटमा नेपालले तेस्रो स्थान हासिल गरेको थियो । बिहीबार तेस्रो स्थानको लागि भएको प्ले अफमा ओमानलाई ९ विकेटले हराएको थियो ।

तर, सेमिफाइनलमा युएईसँग ६८ रनले पराजित भएपछि नेपालको अस्ट्रेलियामा हुने टी–ट्वेन्टी विश्वकप खेल्ने सपना भने अधुरै रह्यो ।

तपाईको प्रतिक्रिया