‘मेरो क्षमताले भ्याए सम्म काम गर्छु’

No description available.
जाजरकोट । प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले आफ्नो क्षमताले भ्याए सम्म जाजरकोटका लागि काम गर्ने बताएका छन् । विहीबार जिल्ला स्थित पत्रकारहरु संग गरिएको परिचयात्कम कार्यक्रममा शाहीले आफुले पाएको अधिकार र क्षमताले भ्याए सम्म काम गर्ने बताएका हुन् ।

नेपाल पत्रकार महासंघ जाजरकोट शाखाका अध्यक्ष बालकुमार शर्माले जाजरकोट दरवारलाई संग्रहालय बनाउने, यूवा यूवतीमा लागु औषधको प्रयोग बढिरहेको र शिक्षा क्षेत्रमा विकृति रहेको लगायतका समस्या राखेका थिए ।

पत्रकार बासुदेव शर्माले कुदु खानेपानीको अनियमितता, स्थानीय तहले खनेका सडकमा बढिरहेको जोखिम, पशु अस्पताल र शसस्त्र प्रहरी बलको सेवाप्रवाहको जोखिमका विषयमा बोलेका थिए । जिल्लामा बसपार्कको अवस्था, ठेकेदारको लाप्रवाहीले आयोजना अलपत्र, निर्माण व्यवसायीको लाप्रवाही रहेको समेत पत्रकारहरुले सिडीओ शाहीलाई समस्या राखेका थिए ।

पत्रकारहरुले राखेको समस्यामा बोल्दै सिडीओ शाहीले आफु जाजरकोटको स्थायी बासिन्दा भएकोले जिल्ला विकासका लागि विशेष पहल थाल्ने समेत बताए ।

उनले भने, ‘आफुलाई प्राप्त अधिकार र आफ्नो क्षमताले भ्याए सम्म जाजरकोट विकासका लागि काम गर्नेछु, स्थानीय तहको चुनाव लक्षित गरी शान्ति सुरक्षामा विशेष जोड दिईनेछ ।’ यहाँ कर्मचारीको रुपमा मात्र नभई जिल्लाबासीको हिसावले समेत काम गर्ने बताए । शुसासन, सूचना, शान्ति, सुरक्षाका लागि सधैं खटिने शाहीले प्रतिवद्धता व्यक्त गरे ।

‘अहिले जाजरकोटमा धेरै गर्छु भन्न सकिदैन्, उनले थपे, आफ्नो क्षमताले भ्याए सम्म जिल्ला विकासका लागि काम गर्नेछु, यसका लागि पत्रकार, राजनीतिक दल, नागरिक समाजको सहयोग चाहिन्छ ।’ सिडीयो शाही भेरी नगरपालिका २ रिसाङ्गका स्थायी बासिन्दा हुन् ।

तपाईको प्रतिक्रिया