शिव परियार भन्छन्, ’पल र समीक्षाको घटनाले कलाकारको नाक काटियो’


काठमाडौं । यतिवेला अभिनेता पल शाह र गायिका समीक्षा अधिकारीको चर्चा सर्वत्र छ । बिहीबार समीक्षाले पलविरुद्ध जबरजस्ती करणी मुद्दामा प्रहरीकहाँ उजुरी दिएपछि चर्चा चुलिएको हो ।

पल र समीक्षाको विवादलाई लिएर उनीहरूको शुभचिन्तक एवं संगीत तथा चलचित्र क्षेत्रका चर्चित व्यक्तिहरूले पनि आफ्नो अभिव्यक्ति दिएका छन्। यस्तैमा गायक शिव परियारले पल र समीक्षाको विवादका कारण सम्पूर्ण कलाकारहरूकै नाक काटिएको बताएका छन् ।

बिहीबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पछिल्लो घटनाले आफूलाई निराश बनाएको जिकिर गरेका हुन्। उक्त स्टाटसमा शिवले लेखेका छन्, ’घटना नाङ्गो भएर सतहमा आउँदा अहिले एउटा पक्ष खुशीले गदगद होला, एउटा पक्ष दुखाइले भतभती होला।

तर समग्रमा भन्दा यो सारा कुराले चाहिँ समाजको नजरमा हाम्रो संगीत उद्योग, चलचित्र उद्योग र तपाईं हामी समग्र कलाकारकै नाक काटिएको छ ।

कलाकारिता जस्तो गहन अर्थ बोकेको विधा यस्ता घटनाले गर्दा समाजमा खराब पेशाका रुपमा चित्रित हुने बताउँदै उनले लेखेका छन्, ’कलाहरूको पनि कला ललित कला त्यो भित्रको पनि उत्कृष्ट कला संगीत कलाको क्षेत्रमा काम गरेर समाजमा उभिएका र कला क्षेत्र राम्रो हो भनेर समाजमा स्थापित गरेका कलाकारको यो घटना पढिरहनु पर्दा दुःख लागेको छ ।

तपाईको प्रतिक्रिया