
जाजरकोट । एमसीसीको विरोधमा जिल्ला प्रशासन कार्यालय जाजरकोट घेराउ गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) ले एमसीसी खारेजीको माग गर्दै आज ( विहीबार) प्रशासन घेराउ गरिएको हो ।

ठाँटी बजार बाट सुरु भएको विरोध प्रर्दशन गैरीखाली हुदै प्रशासन कार्यालयमा पुगेको थियो । वैदेशिक हस्तक्षेप बन्द गर, गो ब्याक एमसीसी, देश बेच्न पाईदैन् भन्दै नारा लगायतका थिए ।

एमसीसी राष्ट्रको हितमा छैन्, सबै नेपालीले विरोध गर्नुपर्ने नेकपा (विप्लव) जाजरकोटका ईन्चार्ज संगमले बताए ।
















































। १२ फाल्गुन २०७८, बिहीबार