
जाजरकोट । नेपाल कम्यूनिष्ट पार्टी ( एकीकृत समाजवादी) निकट यूवा संघ जाजरकोटका अध्यक्ष नरेन्द्रराज घर्तीले संगठन बाट बाहिरीएको घोषणा गरेका छन् । घर्तीले सामाजिक सञ्चाल फेसवुकमा स्टाटस लेख्दै संगठनको साधारण सदस्य समेत नरहने गरी बाहिरएको घोषणा गरेका हुन् ।
उनले लेखेका छन्, ‘एक परिस्थिति थियो, समय बदलिएको छ जो, आजकै दिन देखि म आवद्ध रही आएको नेपाल कम्युनिष्ट पार्टी( एकीकृत समाजवादी) का कुनैपनि पदिय संगठन र साधारण सदस्यमा समेत नरहने गरी बाहिने निधो जो गरे ।’
संगठनमा बसेर न राजनीति न समाज कुनै भविष्य नदेखेपछि बाहिरिने निधो गरेको हाम्रो पहुँच डटकमलाई जानकारी दिए । अहिले तत्काल कही कतै नजाने स्वतन्त्र भएर बस्ने समेत बताए ।

















































। ७ फाल्गुन २०७८, शनिबार