
जाजरकोट । सिटिजन लाईफ ईन्स्योरेन्सको जाजरकोट शाखाले मृतकको परिवारलाई मृत्यु दावी रकम भुक्तानी गरेको छ ।
एक कार्यक्रमका वीच काल गतिले निधन भएका भेरी नगरपालिका ४ का राजेन्द्र विक्रम शाहका छोरा सन्तोष शाहलाई उक्त रकम भुक्तानी गरिएको सिटिजन लाईफ ईन्स्योरेन्स जाजरकोट शाखा प्रमुख गोविन्द्र बुढाले जानकारी दिए ।

बुढाका अनुसार विमाङ्क रकम १ लाख ६५ हजार र काजकिरया वापत १० हजार गरी जम्मा १ लाख ७५ हजार भुक्तानी गरिएको छ । भेरी नगरपालिका वडा नं ४ का वडाध्यक्ष खम्बजंग शाहले उक्त रकम हस्तान्तरण गरेका हुन् ।
मृतक शाहले १ लाख ६५ हजार विमाङ्कको जम्मा ८ सय ९१ विमा शुल्क वापत रकम तिरेका थिए । मृतक शाह २०७८ असार २७ मा शाखा जाजरकोट मार्फत विमा गरेका थिए ।
















































। ४ फाल्गुन २०७८, बुधबार