अनेरास्ववियुका अध्यक्ष पराजुलीसहित ४२ जना पक्राउ


काठमाण्डौ । एमसीसीको विरोध प्रदर्शनका क्रममा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीसहित ४२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार अपरान्ह नयाँ बानेश्वरस्थित संसद भवन अगाडी एमसीसीको विरोधमा प्रदर्शनपछि भएको विरोधसभामा प्रहरीले हस्तक्षेप गरी अनेरास्ववियुका नेता कार्यकर्ताहरूलाई पक्राउ गरेको हो ।

उपमहासचिव नरेश न्यौपानेले दिएको जानकारीअनुसार उपाध्यक्ष हिरेन्द्र शाही, उपमहासचिव भुपेन्द्र शाह, कल्याण दाहाल, मेघनाथ चापागाईं, महेश श्रेष्ठ, अशोक थापा, मिलन राई र सचिव मनिषा कार्की लगायत ४२ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई नगर नेपाल पुलिस क्लबमा राखिएको छ ।

तपाईको प्रतिक्रिया