एमसीसीको विरोधमा भोलि विप्लवसहितका वाम घटकको नेपाल बन्द गर्ने घोषणा


काठमाण्डौ । सरकारले एमसीसी सम्झौता संसदमा अनुमोदनको लागि भोलि (बुधबार) को बैठकमा नै टेबुल गर्न लागेको भन्दै साना वाम घटकले भोलि नै नेपाल बन्द गर्ने घोषणा गरेका छन् ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, ऋषि कट्टेलको नेकपा, मोहन बैद्यको नेकपा क्रान्तिकारी, आहुतिको वैज्ञानिक समाजवादी, कर्णजित बुढाथोकीको नेकपा (माओवादी केन्द्र) लगायतले भोलि नेपाल बन्द गर्ने भएका हुन् ।

सरकारले भोलि नै एमसीसी पास÷फेलको लागि संसद्मा टेबुल गर्ने तयारी गरेपछि वाम घटकले आन्दोलनको तयारी थालिसकेका छन् ।

तपाईको प्रतिक्रिया