
फाईल तस्विर
भुपेन्द्र नेपाली, जाजरकोट । जिल्लाको बारेकोट गाउँपालिकामा विगत ११ बर्षदेखि एक सिचाई आयोजना अलपत्र परेको छ । साविक रोकायगाउँ गाविसमा २०६७ सालमा निर्माण शुरु गरिएको दमारा सिचाई आयोजना अलपत्र परेको हो ।
उक्त सिचाई आयोजना अलपत्र पर्दा बारेकोट गाउँपालिका वडा नं. २ र ३ का करिब १५ सय किसानहरुले बर्षौं देखि सिचाईको अभाव खेप्नु परेको स्थानीय रतनबहादुर नेपालीले बताए ।
उनले भने, ‘आकाशबाट पर्ने पानीको भरमा खेती गरिरहेका स्थानीयहरुले अहिले सम्म आफ्नो खेतबारीमा सिँचाई गर्न पाएका छैनन् । कृषि उत्पादनलाई वृद्धि गरि नागरिकलाई आत्मनिर्भर बनाउनका लागि सरकारले विभिन्न कृषि अनुदानको व्यवस्था गरेपनि यहाँका स्थानीयहरुले आफ्नो खेतबारीमा सिँचाई सम्म गर्न पाएका छैनन् ।’
विगत दश बर्षदेखि अलपत्र परेको यो आयोजना र यहाँका स्थानीयहरुको आवश्यकताले सरोकारवाल निकायहरुलाई बर्षौं देखि गिज्याई रहेको छ । स्थानीयहरुको अवश्यकतालाई सरोकारवाला निकायहरुले चासो दिन नसक्नु आपत्तिजनक बिषय भएको स्थानीय दलजित नेपालीले बताए ।
उनका अनुसार, ‘जिल्ला विकास समिति र डिप्रोक्स नेपालका बजेटले २०६७ सालमा निर्माण थालिएको उक्त आयोजना भौगालिक विकटता र उपभोक्ता समितीको चरम लापरवाहीका कारण अलपत्र परेको हो । अहिले आयोजना निर्माणका सामाग्रीहरु खोजेर पनि पाउन सकिदैन् ।’
समितीले स्थानीयहरुलाई काम गर्न लागाएपनि आयोजनाको कुल बजेट सर्वुसाधारणहरुलाई थाहा नभएको स्थानीय गम्भीर नेपालीले बताए । उनले भने, ‘आयोजना निर्माणको काम गर्दा स्थानीयहरुलाई ज्यालाको रुपमा दाल, चामल, नुन, तेल दिईको थियो ।’
उक्त आयोजनाको सम्पन्न भएको काम भनेको पक्की कुलो निर्माणका लागि खनिएको बाटो र अन्धाजी पाँच सय मिटर पक्की कुलो निर्माण भएको थियो । दश बर्षदेखि आयोजना अलपत्र परेपछि अहिले त्यही पनि नरहेको स्थानीय गोरख नेपालीले बताए । उनले भने, ‘यो आयोजना पलपत्र पर्नुमा सरोकारवाला निकायहरु मुख्य कम्जोरी रहेको छ ।’
उत्पादनका लागि प्रसस्त भूमि भएपनि भौगोलिक विकटता, आर्थिक अभाव र सिचाईको अभावका कारण यहाँका स्थानीयहरु छिमेकी मुलक भारत लगायतका थुप्रै देशहरुमा ज्याला मजदुरी गर्न जाने गरेका छन् ।
सरकारले यहाँको उत्पादनमुखी भूमिमा सिचाई र वास्तविक किसानको पहिचान गरि आवश्यक अनुदानको व्यवस्था गर्न सकेमा यहाँका स्थानीयहरुले ज्याला मजदुरी गर्न अन्य मुलकहरुमा जानुपर्ने थिएन ।
















































। ३ फाल्गुन २०७८, मंगलवार